कम्युनिस्ट सत्ताधारी कमिसन खाने र अर्बौँ कमाउने मात्र भए: नेता खनाल

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– नेकपा एकिकृत सामजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको बताएका छन ।

उनले त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप पनि दाबी गरेका छन ।

उनले मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक भएको बताएका छन ।

यस्तै उनले कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको आरोप लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us