राहत सामाग्री लिएर विप्लव नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको टोली राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन ।

गत शुक्रबार राति जाजरकोटको रमीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पार्टी कमिटी, भातृसंगठन तथा अन्तर्राष्ट्रिय मोर्चाबाट सङ्कलन भएका एक कन्टेनर सामान लिएर विप्लवसहितको टोली शुक्रबार सल्यान र रुकुम पश्चिम गएको हो।

कपिलवस्तुबाट राहत सामाग्री लिएर निस्केका विप्लव नेतृत्वको टोली बिहीबार लुम्बिनीमा बास बसेका थिए ।

सङ्कलन भएका सामाग्री शुक्रबार सल्यान र रुकुम पश्चिमका भूकम्पपीडितलाई हस्तान्तरण गर्ने महासचिव विप्लवले जानकारी दिएका छन ।

भोलि शनिबार भूकम्पको इपिसेन्टर जाजरकोटका पीडितलाई रहत सामाग्र हस्तान्तरण हुने उनले बताएका छन ।

सङ्कलन भएका राहत सामाग्री लिएर हामी भूकम्प अति प्रभावित क्षेत्र सल्यान, रुकुम पश्चिम र जाजरकोट जाँदै छौँ ।

प्रभावित क्षेत्रका पीडितहरूलाई आज र भोलि हस्तान्तरण गर्छौँ’, उनले भने, ‘देशकै दुःखद ठुलो परिघटना हो । सारा जनताले दुःख पाएका छन् ।

यतिबेला सिंगै देश एकताबद्ध भएर दुःखमा परेको जनताको उद्धार गर्नु, राहत दिनु र पुनर्निमाणमा जुट्ने हाम्रो निर्णय छ ।’उनले घटना घटेकै दिन उद्धार टोली , चिकित्सकको टोली प्रभावित क्षेत्र गइसकेको पनि बताएका छन ।

पछिल्लो समय ६÷७ टोली उद्धारमा खटिएका र उनीहरूले भग्नाभषेश पन्छाउन, जोखिमयुक्त घर भत्काउने काम भइरहेको विप्लवले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us