
काठमाण्डु, २३ कातिक– जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ । नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सो हाइसमा चालकसहित ९ जना सवार रहको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन ।
त्यसमा दुई जना गम्भीर घाइते भएको उनले बताएका छन । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।