
काठमाण्डु, २३ कातिक– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाण्डुले दुवै पक्षसँग बहस नोट माग गरेको छ ।
आज बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश जारी गरेको हो ।
यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गरीने भएको छ । गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।
सो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।