युट्युबर मनोज मानव पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक २३ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २३ कातिक– साइबर ब्यूरोले युट्युबर मनोज मानव पक्राउ गरेको छ । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ ब्युरोले जानकारी दिएको छ ।

मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।

स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us