विद्युत महसुल नतिर्ने १ हजार ७९ ग्राहकको लाइट काटियो

काठमाण्डु टुडे २०८० कार्तिक २३ गते ८:४८ मा प्रकाशित

चितवन, २३ कात्तिक– चितवनमा विद्युत महसुल नतिर्ने १ हजार ७९ ग्राहकको घरमा लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले पटकपटक ताकेता गर्दा पनि बक्यौता महसुल नतिरेका कारण लाइट काटिएको जनाएको छ । केन्द्रका अनुसार गत कात्तिक १२ देखि २२ गतेसम्ममा ती घरघरुमा लाइट काटिएको थियो ।

उनीहरुमध्ये ७ सय ६० जनाबाट बक्यौता एक करोड ३७ लाख बक्यौता असुल भएको भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले जानकारी दिए । लाइट काट्ने क्रम सुरु भएपछि १ हजार ५ सय सेवाग्राही बक्यौता बुझाउन आएको प्राधिरणले जनाएको छ ।

अझै ९ सय ८१ ग्राहकले बक्यौता महसुल तिरेका छैनन् । तिहारका कारण हालका लागि अभियान थाती राखेको भन्दै प्राधिकरणले तिहारलगत्तै फेरि लाइन काट्न थालिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us