
महोत्तरी, २३ कात्तिक– महोत्तरीबाट मंगलबार एकै दिन पाँच किशोरी सम्पर्कविहीन भएका छन् ।
जिल्लाको औरही नगरपालिका–२ बाट मंगलबार बिहान ११ बजेको समयमा पाँच किशोरी एकैसाथ हराएको प्रहरीले जनाएको छ । किशोरीहरुका आफन्तले उनीहरु हराएको जानकारी दिएलगत्तै खोजी जारी रहेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीले बताए ।
बेपत्ता हुनेमा १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा छन् ।
उनीहरु भारततर्फ गएका हुन सक्ने आशंका प्रहरीको छ । गिरीले उनीहरु स्वेच्छाले गएका वा कसैले प्रलोभनमा पारेर लगेको भन्नेबारे अनुसन्धानपछि मात्र थाहा हुने उल्लेख गरे ।