
काठमाण्डु, २३ कात्तिक– गत १७ कात्तिकको राति जाजरकोट केन्द्रबन्दिु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पका कारण २६ हजार ५ सय २८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
यस्तै ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति भएको छ । उक्त भूकम्पबाट १ सय ५३ जनाले ज्यान गुमाएका थिए । जाजरकोट र पश्चिमरुकुमको स्थानीय प्रशासनले संकलन गरेको तथ्याङ्कले उक्त संख्यामा घर भत्किएको देखिएको हो । यद्यपि तथ्याङ्क संकलनकार्य जारी छ ।
भूकम्पले रुकुम पश्चिममा मात्र १६ हजार ५ सय ७० घर पूर्ण क्षतिग्रस्त बनेका भएका छन । ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा ९ हजार ७ सय ९४ घर पूर्ण क्षतिग्रस्त बनेको छ ।
२४ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । यस्तै सल्यानमा १२९ घर पूर्ण र ४ सय १८ घरमा आंशिक, रुकुम पूर्वमा दुई घरमा पूर्ण र १ सय ८२ घरमा आंशिक, रोल्पामा २५ घर पूर्ण र ८७ घरमा आंशिक, जुम्लामा पाँच घर पूर्ण क्षति तथा दैलेख, बैतडी र कालीकोटमा एक एक घर पूर्ण रूपमा क्षति भएको छ ।
यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा एक÷एक घरमा आंशिक क्षति भएको पनि गृहले जनाएको छ ।