इण्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १८:५१ मा प्रकाशित

एजेन्सी– इन्डोनेसियामा बुधबार ६.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

रोयटर्सका अनुसार समुन्द्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको हो । भूकम्पबाट सुनामीको खतरा भने नरहेको प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको समाचारमा उल्लेख छ ।

युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले दक्षिणपूर्वी एम्बोन टापुबाट ३ सय ७० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु भएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us