
काठमाण्डु, २२ कातिक–धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका छन ।
साम्पाङले धरान उपमहानगरपालिका–१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै मन्त्री किरातीलाई पत्र लेखेका छन् ।
एयरपोर्टको लागि भनेर जग्गा बिक्री वितरण गरेका जग्गा धनीहरुले जग्गा फिर्ता दिलाउन भन्दै उपमहानगरमा पटक–पटक निवदेन आएको साम्पाङले बताएका छन ।
जग्गा किनेको यती इन्करपोरेटेड प्रालिलाई एयरपोर्ट निर्माणको अवस्थाबारे पत्रचार गर्दे काम अगाडि नबढाउनुको कारण बारे उपमहानगरले प्रश्न गरेको थियो । यतीले गत ९ असोजमा प्रश्नको जवाफ दिँदै पत्र पठाएको थियो ।
यतिले पठाएको पत्रमा ‘एयरपोर्ट बनाउने प्रयास गर्दा गर्दै पनि अनुमति नपाएको कारण उक्त काम गर्न नसकेको’ उल्लेख थियो । अनुमति नपाएको जवाफपछि धरान उपमहानगरले मन्त्रालयलाई पत्र लेखेको हो ।
उपमहानगरका मेयर साम्पाङका अनुसार २० वर्ष अघि नै यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरिसकेको तर हालसम्म पनि कुनै निर्माणको कार्य अघि बढ्न सकेको छैन ।