
काठमाण्डु, २२ कातिक– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन ।
बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेका हुन ।सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी गराए हुन ।
बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।