गुल्मीमा बलात्कारपछि किशोरीको हत्या

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते ९:३१ मा प्रकाशित

गुल्मी, २१ कात्तिक– गुल्मीमा किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ ।

चन्द्रकोट–४ हुग्दी खोलामा शुक्रबार बिहान १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन् । गुल्मी प्रहरी प्रमुख एसपी नवीनकिशोर प्रधानले बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई चन्द्रकोट बस्दै आएका २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएको हो ।

प्रधानका अनुसार किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो । बिहीबार परिवारसँर्ग धान काट्न खेतमा गएकी किशोरी सुर्ती किन्न पसलमा गएकामा फर्कएकी थिइनन् । त्यसको भोलिपल्ट शुक्रबार बिहान शव भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us