ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते ९:२३ मा प्रकाशित

बागलुङ, २१ कात्तिक– बागलुङको ढोरपाटनमा गएराति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बडिगाडबाट ढोरपाटन जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गअन्तर्गत ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ढोरपाटन–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार छन् ।

बागलुङ प्रहरीका डिएसपी मदन केसीका अुनसार ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us