
काठमाण्डु, २० कातिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीे को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने तय भएको एक नेताले जानकारी दिएका छन ।
अध्यक्ष नेपालले यस विषयमा सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी गराएका छन् । अध्यक्ष नेपालसँगै पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत १५ सदस्यीय टोली चीन जाने भएका छन ।
उनको भ्रमण टोलीमा पार्टीका जनप्रतिनिधिदेखि, जनवर्गीय संगठन र विभिन्न विभागका सदस्यलाई समेत समेटिएको छ ।