प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १५:१४ मा प्रकाशित

काठमाण्डु, २० कातिक– सता रुढदल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

सो पार्टीको आज सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा जम्मा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us