सोल्टीमोडको सडकमा सेनाका लान्स नायक मृत भेटिए

काठमाण्डु टुडे २०८० कार्तिक १८ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक– काठमाण्डुमा नेपाली सेनाका लान्स नायक २६ वर्षीय सुमन कार्की मृत फेला छन् ।

कार्की काठमाण्डु महानगरपालिका–१३ सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमै मृत फेला परेका हुन् ।

उनी जंगीअड्डास्थित भद्रकालीमा रहेको गणेश दल गणमा कार्यरत थिए । कार्कीको स्थायी ठेगाना चन्द्रागिरि नगरपालिका–६ रहेको नेपाली सेनाले जनाएको छ ।

काठमाण्डु प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले सडक पेटीमा शव रहेको खबर पाएपछि गएको प्रहरी टोलीले कार्कीलाई मृत फेला पारेको बताए ।

मुचुल्कासहित आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि शव अस्पताल पठाइने जानकारी ढुंगेलले दिए । मृत्युको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us