अरिंगालले टोकेर युवकको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक १३ गते १२:०७ मा प्रकाशित

तनहुँ, १२ कात्तिक– भानु नगरपालिका–७ रम्गाटारमा अरिंगालले टोकेर एक जनाको ज्यान गएको छ ।

जंगलमा अरिंगाल पोल्ने क्रममा चिलेर भानु–४ फलाखेतका ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरिंगालको टोकाइबाट २४ वर्षीय धनबहादुर तामाङ गम्भीर बिरामी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us