
काठमाण्डु, १२ कात्तिक– बारामा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको बारा प्रहरीका डिएसपी सुशप्रसाद काफ्लेले जानकारी दिए ।
उनको स्थायी ठेगाना कञ्चनपुरको भीमदत्त नगरपालिका–११ हो । निजगढ–८ बाट मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा चोर पक्रन गएका बेला सुनार सवार ज१२प७१५४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी टाउको र अनुहारमा गम्भीर चोट लागेका सुनारको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।