दुई इजरायलीको गोली हानी हत्या

काठमाण्डु टुडे २०८० असोज २१ गते १६:०६ मा प्रकाशित

एजेन्सी– इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।

इजिप्टको एलेक्जेन्ड्रिया सहरमा आइतबार प्रहरीले गोली हानी दुई इजरायलीहित तनि पर्यटकको हत्या गरेको समाचार संस्था एपीले जनाएको छ ।

मारिने अर्का इजिप्टकै नागरिक छन् । ती प्रहरीले इजरायलीमाथि गोली चलाउनुको कारण खुलेको छैन ।

इजरायल र इजिप्ट छिमेकी मुलुक हुन् । प्यालेस्निटी विद्रोही समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टिाइनबीच युद्ध जारी रहेका बेला इजिप्टमा उक्त घटना हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय इजिप्ट र इजरायलबीचको सम्बन्ध सामान्य भए पनि इजिप्टका नागरिकमा इजरायलविरोधी भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us