
चितवन, ७ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट भरतपुरतर्फ आउँदै गरेको इलेक्ट्रिक माइक्रोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतक ३ पुरुष र दुई महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । पुरीका अनुसार मृतक सबै इभी गाडीमा सवारहरु हुन् ।
घाइतेको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।