अफगानिस्तानमा भूकम्प, १ सयको मृत्यु

काठमाण्डु टुडे २०८० असोज २१ गते १०:५० मा प्रकाशित

एजेन्सी– अफगानिस्तान भूकम्पमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

हेरातबाट करिब ४० मिटर उत्तर पश्चिम केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट हेरात प्रान्तमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ ।

हजारौं घर भत्किएको बताइएको छ । एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

३ सय जनाको मृत्यु भएको समाचार आए पनि स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us