हमासद्वारा इजरायलमा ठूलो हमला, २० मिटेनमा ५ हजार रकेट प्रहार

काठमाण्डु टुडे २०८० असोज २० गते १३:१० मा प्रकाशित

एजेन्सी– प्यालेष्टिनी चरमपन्थी समूह हमासले इजरायलमा रकेट आक्रमण गरेको छ ।
शनिबार बिहान गाजाबाट हमासले इजरायलमा ठूलो आक्रमण गरेको हो ।
हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

हमास प्रमुख मोहम्मद डाइफले आक्रमणको जिम्मेवारी लिएका छन् । यो आक्रमणपछि आफूहरु सक्षम रहेको प्रमाणित भएको उनले बताए ।

हमासले आक्रमलाई ‘अल अक्सा स्टर्म’ अपरेशनको नाम दिएको छ । इजरायलीले आफ्ना नागरिकहरुको सयौंपटक नरसंहार गरेको हमास प्रमुखले विज्ञप्तिमार्फत बताए । यसै वर्ष मात्र आफ्ना सयौं नागरिकको इजरायलीले हत्या गेरको कयौं घाइते भएको डाइफले बताए ।

उनले इजरायलविरुद्ध ‘अपरेशन अल अक्सा फ्लड’ को तयारी गर्ने चेतावनी पनि दिए । इजरायलको एयरपोर्ट र सैन्य आधारहरूमा क्षति पुगेको दाबी महासको छ । गाजाबाट दर्जनौं चरमपन्थी इजरायल प्रवेश गरेका छन् । इजरायलले दर्जनौं लडाकु गाजा सीमा पार गरी आफ्नो प्रवेश गरेको बताएको छ ।

घटनापछि सीमा क्षेत्रमा मानिसहरुलाई घरभित्रै बस्न अपिल गरिएको छ । यस्तै प्यालेस्टिनी लडाकुले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us