
एजेन्सी– अमेरिकामा ठूलो संख्यामा स्वास्थ्यकर्मी हड्तालमा उत्रिएका छन् ।
एकैपटक ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा उत्रिएका हुन् । तलब वृद्धि र श्रमको उपसम्झौतासहित माग अघि सारेर स्वास्थ्यकर्मी हड्तालमा उत्रिँदा अस्पताल र स्वास्थ्य संस्थाका सेवा प्रभावित भएका छन् ।
अस्पतालहरुलाई अमेरिकामा सबैभन्दा ठूलो गैरनफामुलक संस्था मानिन्छ । कर्मचारी युनियनमा आवद्ध चिकित्सक र स्वास्थ्यकर्मीले आफ्ना हकअधिकारसम्बन्धी एजेण्डा अघि सारेर भर्जिनिया र कोलम्बिया राज्यबाट हड्ताल सुरु गरेका थिए । उक्त हड्ताल अन्यत्र पनि विस्तार हुन थालेको छ ।
आन्दोलनको अगुवाई गरिरहेको कर्मचारी युनियनको समूह ‘कैसर परमानेन्टी युनियन्स’ का अनुसार वेस्ट कोस्टमा हुने हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुनेछन् । अमेरिकी इतिहासमा यति धेरै स्वास्थ्यकर्मी हड्तालमा उत्रिएको यो हिलोपटक हो ।