काठमाण्डु, १८ साउन– नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले सबैभन्दा पहिला आफ्ना धर्मपुत्र नेपाली युवा जितबहादुर सारु मगरका परिवारसँग गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित होटल हायात पुगेका उनले त्यहाँ जितबहादुरका पारिवारिक सदस्यसँग भेटेका हुन् ।
जितबहादुर मोदीसँगै काठमाण्डु आएका छन् । मोदीले लामो समयपछि जितबहादुरलाई उनको परिवारसँग पुनर्मिलन गराइदिएका छन् ।
मोदीसँग भेटाउन भारतीय दूतासावले जितबहादुरकी आमा, दाजु र भतिजा–भतिजीलाई दुई दिनअघि नै नवलपरासीको कावासोतीबाट काठमाण्डु ल्याएर हायातमा राखेको थियो ।
१० वर्षको उमेरमा जादुसँगै कामका लागि भारत गएका जितबहादुर हराएका थिए । धर्मशालामा बसेका जितबहादुरलाई एक भारतीइ महिलाले मोदीकहाँ पुर्याइदिएकी थिइन् ।
मोदीकै संरक्षणमा हुर्किएका जितबहादुर गुजरातमा बीबीए अध्ययनरत छन् । नेपाल आउनु अघिल्लो दिन शनिबार मोदीले जितबहादुरलाई उसको परिवारको जिम्मा लगाउन आफू आतुर रहेको ट्वीट गरेका थिए ।
जितबहादुरका परिवार भेटेको तस्वीर मोदीको अफिसियल ट्वीटमा राखिएको छ ।