हायात होटलमा नेपाली पत्रकारलाई क्यामेरा बन्द गर्न लगाइयो

काठमाण्डु टुडे २०७१ साउन १८ गते ६:३५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेको काठमाण्डुको बौद्धस्थित हायात होटलमा नेपाली पत्रकारलाई प्रवेशमा पूर्णत : रोक लगाइएको छ ।

समाचार संकलनका लागि बिहानैदेखि हायात पुगेका पत्रकारलाई सुरक्षा कर्मीले होटलको मुल गेटमै रोकेका हुन् ।

सूचना विभागले मोदी भ्रमणको संकलनका लागि भन्दै विभिन्न स्थानका लागि सञ्चारकर्मीलाई छुट्टाछुट्टै अस्थायी पास उपलब्ध गराएको थियो ।

आफूहरुलाई सुरक्षाकर्मीले माथिको आदेशभन्दै होटलको गेटमै रोकेको एबीसी टेलिभिजनका पत्रकार लाला गुरुङले बताए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग हुने मोदीको शिष्टाचार भेटको समाचार संकलनका लागि सञ्चारकर्मी हायात पुगेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us