एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि आज चुनाव

काठमाण्डु टुडे २०८० असोज ११ गते ७:४७ मा प्रकाशित

काठमाण्डु, ११ असोज– एमालेको राजधानीमा जारी बागमती प्रदेश अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
पार्टी मुख्यालय च्यासलमा बिहान ८ बजेपछि नयाँ नेतृत्व छान्न चुनाव हुन लागेको हो ।

। अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी परेको छ ।

अध्यक्ष केपी ओली रामेछापका ढुंगेलको पक्षमा छन् । ढुंगेललाई सर्वसम्मत गराउनकै लागि ओलीले निर्वाचनमा नजान दबाब दिएका दिए ।
उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले सचिवका लागि उम्मेदवारी दिए । अध्यक्ष ओलीको चाहनाविपरीत एमाले प्रदेश नेतृत्व चयनमा निर्वाचन हुन लागेको हो ।

ओली निर्वाचन रोकेर माथिबाटै नेतृत्व तोक्ने पक्षमा थिए । प्रदेश अधिवेशन उदघाटन समारोहलाई सोमबार भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले आफू चुनावको पक्षमा नरहेको स्पष्ट सन्देश दिएका थिए ।

उनले सर्वसम्मति पनि लोकतान्त्रिक प्रक्रिया भएको भन्दै निर्वाचनमा नजान अप्रत्यक्ष दबाब दिएका थिए । तर, कार्यकर्ता तहमा ओलीको निर्देशन मान्य नभएका कारण निर्वाचन हुन लागेको हो ।

यसअघि लुम्बिनी प्रदेशमा पनि ओलीले निर्वाचनमा नजान दबाब दिँदा दिँदै निर्वाचन भएको थियो । ओलीले समर्थन गरेका प्यूठानका हरि रिजाल अध्यक्षमा पराजित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us