
काठमाण्डु, ११ असोज– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् ।
प्रचण्ड यसअघि बुधबार तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री कैलाश पर्वत भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नै कार्यक्रम रहेको ल्हासास्थित नेपाली बाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
ल्हासामा प्रधानमन्त्रीले बाणिज्य दूतावास कार्यालयको निरीक्षण भ्रमणका साथै द्विपक्षीय भेटघाट गरेका थिए ।
३० भदौमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ५ असोजमा उतैबाट चीनको औपचारिक भ्रमणमा निस्किएका थिए ।
उनी १३ असोजमा स्वदेश फर्कनेछन् ।