हमासको सुरुङमा के छ ?

काठमाण्डु टुडे २०७१ साउन १८ गते ३:१६ मा प्रकाशित

एजेन्सी–प्यालेस्टायनी संगठन हमास र इजरायलबीच जारी संघर्या अन्त्यका लागि भएका सबै hamasप्रयास विफल भएका छन् ।

इजरायलले गाजामा सबै सुरुङ नष्ट नभएसम्म सम्झौता नगर्ने अडान लिएको छ । अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयास पनि हमासका सुरुङकै कारण असपल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
जारी संघर्ष अन्त्इका लागि बाधक बनेका गाजाका सुरुङ १५ वर्ष अघि नै बनेका हुन् । त्यसबेला इजिप्टका लागि हतियार निर्यातका लागि सुरुङ बनाइएका थिए । हमासले नै ती सुरुङको प्रयोग गथ्र्यो । बनेका केही वर्षमै ती सुरुङ खाद्यान्न तथा अन्य मालसामान ओसारपसार गर्न प्रयोग हुन थाले ।
गाजा पुर्णरुपमा हमासको नियन्त्रणमा पुगेपछि अन्य सुरुङ पनि बनाइए । केही दर्जन सुरुङ बढेर सयौं पुगे । गाजाका व्यवसायीले ती सुरुङको प्रयोग बढाए । हमास सरकारले सुरुङबाट आयात निर्यात हुने सामानमा लगाउने कर नै गाजको प्रमुख आयस्रोत बन्यो ।
इजिप्टको सेनाले मुस्लिम ब्रदरहुड सरकारर्लाइ अपदस्थ गरेपछि ती सुरुङ प्रयोग गर्न दिइएन । तर त्यसअघि नै हमासले सुरुङको प्रयोग इजरायली सीमामा आक्रमण गर्न प्रयोग गरिसकेको थियो । हमासले सन् २००१ बाट इजरायली हमला गर्न सुरुङ प्रयोग गरिसकेको थियो । २००६ मा समासले नयाँ प्रयोग गर्यो ।

इजरायलको सीमा पारीसम्म सुरुङ बनाएर इजरायली क्षेत्रमा आक्रमणका लागि सेना पठायो । त्यो आक्रमणमा दुई इजरायली सेना मारिएका थिए ।
इजरायल र हमासबीच जारी संघर्ष २२ दिन पुगिसकेको छ । यो इतिहासमै सबैभन्दा लामो संघर्ष हो । यसअघि सन् २०१२ मा पनि हमास र इजरायलबीच आठ दिन संघर्ष भएको थियो ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us