सिन्धुपाल्चोकको अवस्था सामान्य बन्दै

काठमाण्डु टुडे २०७१ साउन १८ गते २:५५ मा प्रकाशित

चौतारा, १८ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोपछि सुनकोसी नदी थुनिएर बढेको खतरा कम हुदै गएको छ ।

नदी थुनिएको १ घण्टापछि शनिबार दिउँसो १ बजेपछि नेपाली सेनाले दुईवटा बम विष्फोट गराएर पानीको प्राकृतिक बहाव सुचारु भएपछि पानीको सतह क्रमस घट्दै गएको छ ।
तालमा परिणत भएको नदी विस्तारै बगेपछि जोखिमको सम्भावना कम भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।

उनका अनुसार रातभर रोकिएको उद्धारकार्य आज बिहानैबाट सुचारु भएको छ । माङखा गाविसको जिरेमा शनिबार बिहान गएको भिषण पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो । यसभन्दा बढी मानिस हराइरहेका छन् । सबै पहिरोमा पुरिएको आशंका गरिएको छ ।

उद्धारकर्मीले ४० जनाको सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका १६ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले स्थानीयका करिब ५० घर बगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us