काठमाण्डुमा आज कहाँकहाँ चल्दैनन् गाडी ?

काठमाण्डु टुडे २०७१ साउन १८ गते २:३७ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा राजधानीका विभिन्न स्थानमा आज सवारी चलाउन रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुरक्षा मध्यनजर गर्दै सवारी मार्ग खाली गर्न लागिएको हो ।

ट्राफिकले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । बिहान १० बजेदेखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले सो मार्ग प्रयोग गर्न नपाइने भएका छन् ।

त्यस्तै दिउँसो सवा १ बजेदेखि पौने ३ बजेसम्म होटल हयातबाट चाबहिल गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

दिउँसो साँढे ३ देखि साँढे ४ बजेसम्म सिंहदरबार, माइतीघर, भएर तिनकुनेतर्फ जाने सवारी साधन चलाउन नपाइने ट्राफिक प्रहरीले जानाएको छ ।

अपरान्ह साँढे चार बजेदेखि साँझ साँढे पाँच बजेसम्म नयाँबानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहिल, भएर बौद्धतर्फ जाने सवारी साधन चलाउन रोक लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us