जंगली च्याउ खाएर छोराछोरीको मृत्यु, आमाको अवस्था गम्भीर

काठमाण्डु टुडे २०८० भदौ १५ गते ८:३४ मा प्रकाशित

बझाङ, १५ भदौ– बझाङमा जङ्गली च्याउ सेवनबाट दुई बालबालिकाको ज्यान गएको छ ।

जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया सञ्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको जंगली च्याउ खाएर मृत्यु भएको हो ।

सुदीपलाई थप उपचारका लागि धनगढी र सञ्जिलालाई डडेल्धुरा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुकी आमा पुनी कठायतको उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर छ ।

उनीहरुले मंगलबार जंगलबाट ल्याएको च्याउ खाएको सूचना प्राप्त भएको बझाङ प्रहरी प्रमुख प्रहरी डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us