
दाङ, १५ भदौ–दाङको दाङको दंगीशरण गाउँपालिका–२ गोलटाकुरीका एक जना मृत भेटिएका छन् ।
मृत्यु हुनेमा ५२ वर्षीय कर्णबहादुर पुन रहेको प्रहरीले जनाएको छ । मृतक र उनका दाजु ५७ वर्षीय देवबहादुर पुनबीच सोमबार राति मदिरा सेवनपछि झगडा भएको थियो ।
मृतकले चिर्पट प्रहार गर्दा दाजु देवबहादुर घाइते भएका थिए । प्रहरीले सोमबार नै पक्राउ गरेका कर्णबहादुरलाई भतिज बिराजको जिम्मामा मिलापत्र गर्ने गरी मंगलबार बिहान प्रहारीले छाडेको थियो । त्यस दिन पुन परिवारमा दिवाली पूजा भएकाले पूजापछि साँझ बुझाउने सर्तमा विराजले काकालाई लगेका थिए ।
झगडिया दाजुभाईलाई प्रहरीले मंगलबार साँझ फेरि गाउँलेको रोहबरमा सहमतिको प्रयास गरेको थियो । गोलटाकुरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक इन्द्र जिसीले झगडाका क्रममा कर्णबहादुरले दाजुमाथि चक्कु प्रहार गर्न खोजेका थिए । सहमतिका लागि उक्त चक्कु ल्याउन भनिएपछि उनी घर गएका थिए । तर, धेरे समय बित्दासमेत कर्णबहादुर नफर्किएछि गाउँलेहरु घरघर गए, दाजुभाईबीच सहमति भएन । बुधबार बिहान कर्णबहादुर मृत फेला परे ।
उनको शव घरभन्दा एक किमी पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको दाङ प्रहरीले जनाएको छ । दंगीशरण –२ का वडाध्यक्ष डम्मर खत्रीले प्रहरी र गाउँलेको लापरबाहीले घटना भएको बताए । जिल्ला प्रहरी कार्यालय दाङले प गोलटाकुरी प्रहरी चौकीका इन्चार्ज जिसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरेको छ ।
‘
गाउँपालिका अध्यक्ष शम्भु गिरीले घरासयसी झगडामा प्रहरीको कमीकमजोरुले कर्णबहादुरले आत्महत्या गरेको बताए । उनले गल्ती गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।