धरानमा जनैपूर्णिमा मनाउन माइत गएकी महिलाको हत्या

काठमाण्डु टुडे २०८० भदौ १४ गते १६:०२ मा प्रकाशित

सुनसरी, १४ भदौ– धरानमा गएराति एक महिलाको हत्या भएको छ ।

इटहरी उपमहानगरपालिका–२ वसन्त टोलकी ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जनैपूर्णिमा मनाउन बुधबार दिउँसो धरानस्थित माइत गएकी उनको राति शव भेटिएको हो ।

यसैबीच हत्यामा संलग्न रामेछापका टेकबहादुर दर्जी पक्राउ परेका छन् । उनी धरान–१७ स्थित ससुराली घरमा बस्दै आएका थिए । हत्यापछि दर्जी शव बोकेर जंगलतिर गइरहेको देखेर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले दर्जीले बयानका क्रममा घटनामा संलग्नता स्वीकार गरेको जानकारी दिए । मल्लका अनुसार मृतक र दर्जीबीच लेनदेन कारोबार रहेको र पैसा फिर्ता मागेपछि दर्जीले हत्या गरेका हुन् ।

परिवारका अनुसार दर्जीले हत्यापछि मृतकले लगाएका सुनका गरगहना लुटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us