
काठमाण्डु, ६ भदौ– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संसद बन्द गर्ने र खुलाउने विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दे केसीले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरणको छलफल संसदमा हुनुपर्ने बताए ।
‘संसद कसले बन्द गर्यो ? कसले खोल्यो भन्ने विषयमा गम्भीर छानबिन हुनुपर्छ’, केसीले भने, ‘नेपाली जनता बाढीपहिरोबाट मरिरहेका छन् । महँगीले जनताको ढाड भाँचिएको छ । दस रुपैयाँको टमाटरको भाउ सय रुपैयाँ कटेको छ ।
नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको जग्गा बेच्नेहरूको विषयमा छलफल गर्नुपर्दैन ?’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई ९९ प्रतिशतले समर्थन गर्दा आफू तीन छक परेको उनको भनाइ थियो । तर, बजेट पास गर्ने समयमा सरकार झण्डै ढलेको बताए ।