
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार भेटवार्ता भएको छ ।
सभापति लामिछाने र राजदूत थम्पसनबीच पार्टी कार्यालय, वनस्थलीमा भेटघाट भएको सो पार्टीले जनाएको छ ।
भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ । भेटमा नेपालीले दिनहुँ भोग्नुपेको भिसा समस्याबारे आफू जानकार रहेको भन्दै राजदूतले समस्या समाधानका लागि पर्याप्त गर्ने बताएको रास्वपाले जनाएको छ । राजदूतसँगको भेटमा रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललगायत पनि सहभागी थिए ।