भैंसीको ठक्करबाट दुईवटा कारमा क्षति, महिला घाइते

काठमाण्डु टुडे २०८० भदौ ६ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– मत्ता भैंसीको आक्रमणमा काठमाण्डुको बुद्धनगरस्थित ढुंगेधारमा एक महिला घाइते भएकी छन् ।

उफ्रिंदै आएको भैंसीले कुल्चिएर महिला घाइते भएको प्रहरीले जनाएको छ । महिलाको हाल उपचार भइरहेको छ । यस्तै भैंसीले ठक्कर दिँदा दुईवटा कारमा क्षति पुगेको काठमाण्डु प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

नयाँबानेश्वर र बुद्धनगरमा बुधबार बिहान छाडा भैंसीले आतंक मच्चाएको थिो । प्रहरी, सशस्त्र प्रहरी र वन रक्षकले प्रयासमा उक्त भैंसी नियन्त्रणमा लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us