पर्यटनमन्त्री किराँतीलाई पितृशोक

काठमाण्डु टुडे २०८० भदौ ६ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

आफ्ना पिता हर्क राईको ७६ वर्षको उमेरमा उपचारका क्रममा बुधबार बिहान निधन भएको किराँतीले पुष्टि गरे ।

सामाजिक सञ्जालमार्फत किराँतीले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन् । पिताको निधन भएको जानकारी दिँदै उनले आफू अब सधैंका लागि टुहुरो भएको उल्लेख गरे ।

‘भर्खरै बुबाले धोका दिनुभयो । आमाले त हामीलाई पहिला नै धोका दिएर जानु भो । उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं । तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमाबुबा हुन् र बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु । तर भन्न बाध्य छु बुबा हार्दिक श्रध्दाञ्जली’, किराँतीले फेसबुकमा लेखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us