माधव नेपालको स्विकारोक्तिः पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता देखियो

काठमाण्डु टुडे २०८० भदौ ५ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, भदौनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता र पलायनता देखिएको स्वीकार गरेका छन्

मंगलबारवसुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले पार्टीमै रहेका कतिपय व्यक्तिले पार्टीको बदख्वाइँगरिरहेको बताए

पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरीदेखिएका छन् यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाटपार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन अराजक कार्य हो त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् यदिकसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको भने तुररून्त रोकिनु पर्छ,’ प्रतिवेदनमा

यस्ता गलत कार्यलाई अब छुट दिन नसकिने उनले चेतावनी दिए नेताहरुमा पार्टी सिद्धान्त, विचार दृष्टिकोणको दृढतापूर्वकपक्षपोषण गर्ने आँटको कमी तथा जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति बढेको उनको भनाइ

यस्तै आत्मविश्वासको कमी, पार्टी सानो भन्ने लघुताभाष, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि, विरोधीले फैलाएका भ्रम सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभावले पार्टीलाई नोक्सान भएको उल्लेख गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us