
काठमाण्डू, ५ भदौ–सशस्त्र प्रहरी बलले आफ्ना १२ कर्मचारी सम्पर्कविहीन भएकोजनाएको छ । सशस्त्र मुख्यालयले एक सूचनामार्फत केही समययता आफूकार्यरत कार्यालयमा बिना जानकारी अनुपस्थित रहनेहरुको नाम सार्वजनिकगरेको छ ।
सम्पर्कविहीन दुई हवल्दार र १० जना जवान छन् । उनीहरुमध्ये कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफूखुसी ब्यारेकछाडेर हिंडेको जारी सूचनामा उल्लेख छ ।
सम्पर्कबिहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका–१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरीबर्दियामा कार्यरत हवल्दार बाँसगढी–३ का हरि किसुन जवानहरु झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङकालिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रवीण तामाङ र कैलालीका अमानत शेष छन् । सबैलाई सात दिनभित्र गैरहाजिर हुनुकोकारणसहित सम्पर्कमा आउन मुख्यालयले सूचनामार्फत निर्देशन दिएको छ । सो मितिमा पनि सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउनेचेतावनी दिइएको छ ।