प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तकःदेउवा

काठमाण्डु टुडे २०८० भदौ ४ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ४ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले दिवंगत नेता प्रदीप गिरी बीपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा देउवाले समाजवादी चिन्तकमा बीपीपछि प्रदीप गिरिको नाम आउने बताए ।

गिरीका प्रकाशोन्मुख कृति प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बचन उनले दिए ।

‘समाजवादी चिन्तकको रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान् हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो’, देउवाले भने, ‘उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ ।  पार्टीले पनि सहयोग गर्नेछ ।’

गिरी पार्टीबाहिर समेत धेरैले सम्मान रहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us