काठमाण्डु महानगरले कक्षा १० सम्मकै विद्यार्थीलाई खाजा खुवाउने

काठमाण्डु टुडे २०८० भदौ ३ गते १७:०० मा प्रकाशित

काठमाण्डु, ३ भदौ– काठमाण्डु महानगरपालिकाले आफू हातहतका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्था गरेको छ ।

यसअघि महानगरले कक्षा ८ सम्मका विद्यार्थीलाई यो सुविधा दिँदै आएको थियो ।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सङ्घीय सरकारले कक्षा ६ सम्म दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आएकामा महानगरले १५ रुपैयाँ रुपैयाँ थपेर ३० रुपौयाँ बनाएको बताए ।

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयहरुलाई पत्राचार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us