व्यवस्थापिका संसद् बैठक बस्दै

काठमाण्डु टुडे २०७१ साउन १४ गते ४:२५ मा प्रकाशित

ca houseकाठमाण्डु,१४ साउन– व्यवस्थापिका संसद्को बैठक आज बस्ने भएको छ । दिउसो १ बजेपछि बस्ने आजको बैठकमा सभासद् गोपाल दहितले दर्ता गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तयार पारिएको छ ।
पश्चिमी तराईका जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायमा मात्र लाग्ने सिक्वेल सेल एनिमिया रोग प्रकोपको रुपमा फैलिएकोले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपायहरु अवलम्बन गर्नुपर्ने माग गर्दै उनले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
आजको बैठकमा कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले बहुप्रतिक्षित मानिएको अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तैगरी लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि पनि छलफल हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us