
रुकुमपश्चिम, १० असार– आज देशका अधिकांश भ–ूभागमा भारी वर्षातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु तथा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षात हुन लागेको हो । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अपराह्न बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक÷दुई स्थानमा दिउँसो र राति भारी वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै सचेत गराएको छ ।
वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।