आज यी जिल्लामा बाढीको खतरा, सतर्क रहन अपिल

काठमाण्डु टुडे २०८० असार ९ गते ९:३९ मा प्रकाशित

काठमाण्डु, ९ असार – देशका अधिकांश स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुर जिल्ला भएर बहने नदीहरूमा बाढीको स्म्भावना छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षातका कारण महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

यस्तै बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान महाशाखाको छ ।

यस्तै संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र म आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us