बुहारीद्वारा सासुको हत्या

काठमाण्डु टुडे २०८० असार ८ गते २०:४७ मा प्रकाशित

धनकुटा, ८ असार– धनकुटाको साँगुरीगढी–४ फाक्सिबमा बुहारीले सासुको हत्या गरेकी छन् ।

३२ वर्षीया विष्णुमाया लिम्बुले सासु ६३ वर्षीया सुकमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुमायाले आइतबार सुकमायालाई कुटपिट गरेको र बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले घरासयी विवादमा विष्णुले सुकमायामाथि कुटपिट गरेकी थिइन् । मृतकका भाई गजेन्द्र लिम्बुले दिएको किटानी जाहेरीका आधारमा विष्णुमायालाई प्रहरीले पक्रेको हो ।

प्रहरीले विष्णुमायालाई अदालतबाट ५ दिन म्याद थप गराएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us