काठमाण्डुका हलमा चल्न थाले हिन्दी फिल्म

काठमाण्डु टुडे २०८० असार ८ गते १२:३३ मा प्रकाशित

काठमाण्डु ,८ असार- काठमाण्डु माहानगरपालीकाका फिल्म हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएका छन।

बिहीवार भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले काठमाण्डु महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन्।

अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको हो। यद्यपि बालेनले भने अदालतको फैसला नमान्ने भन्दै आदिपुरुषु र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन्।

उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने बताएका छन। काठमाण्डुका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म जरा हटके जरा बचकेु प्रदर्शनमा आएको हो।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्। हलहरूका छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले आदिपुरुषु वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताए।

कठमाण्डु महानगरका मेयर बालेन शाहले आदिपुरुषु मा जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us