उपप्राध्यापक चलाउनेको पक्षमा जिल्ला अदालत काठमाण्डु अगाडी प्रदर्शन

काठमाण्डु टुडे २०८० असार ५ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ५ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाण्डु अगाडी प्रदर्शन गरेको छ ।

दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका थीए।

न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको उनले बताएका छन। केही बर्ष अधी आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाण्डु गयका थीय।

तर अदालत परीसरमा हो हल्ला गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us