
काठमाण्डु, ४ असार- डडेल्धुरामा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहरा रहेका छन। जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।