
काठमाण्डु, ३२ जेठ– कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् ।
अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका छन ।
उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताएका छन ।कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले बजेट ल्याउन लागेको हो ।