
काठमाण्डु, ३२ जेठ– मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै संघीय संसद् भवनको अगाडी प्रदर्शन गरेका छन ।
संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डु जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी रहेको छ । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिने भएका छन । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।